अर्थतन्त्र नबुझेर मन्त्रीले रोकेका हुन् मौद्रिक नीति?

नेपाल खबर

काठमाडौं

केपी ओली नेतृत्वको सरकारले बजेट ल्याएर विदा भइसकेको छ। अध्यदेशबाट ल्याइएकको पूर्ण बजेट शेरबहादुर देउवा नेतृत्वको सरकारको नीतिसँग मेल नखाएको भन्दै संशोधन तयारी भइरहेको छ।

साउनदेखि नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ। यससँगै बजेटका आंशिक कार्यक्रम कार्यन्वयन अघि बढिसकेका छन्। तर नयाँ आर्थिक वर्षको १२ दिन बित्दा पनि मौद्रिक नीति अन्योलमा परेको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन नभई मौद्रिक नीति सार्वजनिक नगर्न भनेका छन्। 

बजेटमा उल्लेखित विषयहरुलाई सहयोग पुग्ने गरि मौद्रिक नीति सार्वजनिक गरिन्छ। यसलाई आधार मानेर अर्थमन्त्री शर्माले मौद्रिक नीति केही समय रोक्न दबाब दिएका छन्।

त्यहीकारण राष्ट्र बैंकले तयारी राखेको मौद्रिक नीति सार्वजनिक गरेको छैन। तर पूर्व अर्थसचिव रामेश्वर खनाल भने मौद्रिक नीति अर्थमन्त्रीले नबुझेर रोकेको बताउँछन्। मौद्रिक नीति रोक्नुपर्ने कुनै कारण नभएको उनको तर्क छ। 

‘मौद्रिक नीति भनेको एक पटक सार्वजनिक भएपछि पनि पुनरवालोकन गर्न मिल्छ’, उनले भने, ‘तयसकारण अहिले रोकेर अन्योल बढाउनु ठीक होइन।’

प्रकाशित मिति: : 2021-07-28 11:31:00

प्रतिकृया दिनुहोस्