के हो कप्तान, क्यान र अख्तरको जुहारी ?

बाह्रखरी

काठमाडौं

काठमाडौं । गत मंगलबार बलियो नेपाल क्याम्पियन अन्तर्गत ‘विल नेपाल विन दि वर्ल्ड कप बाई २०३९’ भन्ने विषयमा ‘क्लब हाउस’मा छलफल भयो । 

बलियो नेपाल क्याम्पियनले उक्त कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, महिला टोलीकी कप्तान रुविना क्षेत्री र क्यानका सदस्य छुम्बी लामालाई अतिथिका रुपमा बोलायो । 

मल्ल, गौचन र रुविना गेस्टको रुपमा कार्यक्रममा उपस्थित भए । यता खड्का भने बलियो नेपाल कपका बोर्ड अफ डिरेक्टरको हिसाबले कार्यक्रममा थिए । 

क्लब हाउसमा भएको कार्यक्रममा सुन्ने र सोध्ने धेरै व्यक्तिहरु थिए । 

धेरै जनाको सहभागितामा भएको कार्यक्रममा क्यान र नेपाली क्रिकेटको विकासका लागि प्रश्नहरु सोधिए । 

प्रश्नको जवाफ खेलाडी र क्यानका सदस्य लामाले दिए । कार्यक्रम रोमाञ्चक भयो । कोरोनाका कारण आफ्ना मनपर्ने खेलाडीलाई समर्थकहरुले सुन्ने र उनीहरुको प्रश्न सोध्ने मौका पाए । 

कार्यक्रम सकियो तर, त्यसको विवाद भने दुई दिनपछि आयो । 

प्रकाशित मिति: : 2021-07-26 13:07:00

प्रतिकृया दिनुहोस्