जनता राष्ट्रपतिलाई महाअभियोग लगाउन चाहन्छन्ः वर्षमान पुन (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौँ

वर्षमान पुन सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हुन्, जो केपी ओली सरकारमा उर्जामन्त्री रहेर बाहिरिएपछि कांग्रेससहितको विपक्षी गठबन्धन निर्माण गर्न सक्रिय थिए। अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन्। माओवादी नेता वर्षमान पुनसँग गरिएकाे अन्तरवार्ताको सम्पादित अंशः 

कम्युनिस्ट एकताको तपाईंहरुको प्रयास असफल भयो। बीचमा नेकपामा सामेल हुनुभएको तपाईंहरु फेरि माओवादीमा फर्किनुभयो। अब माओवादी कुन बाटो हिँड्ने हो? 
पछिल्लो केही समय देश माओवादीको एजेन्डाभन्दा बाहिर गयो कि भनेजस्तो देखिएको थियो। प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै देश फेरि माओवादीकै एजेन्डा वरिपरि नै आएको छ। त्यसैले मुलुक मूलतः माओवादीले चाहेकै दिशामा जान्छ भन्ने फेरि सिद्ध भएको छ।

माओवादी सडक, सदन र अदालतको नतिजाबाट पनि माओवादी उभिएको ठाउँमा देश उभिँदो रहेछ भन्ने पुष्टि भइसकेको छ। एजेन्डामा, गठबन्धन निर्माणमा, राजनीतिक कोर्स निर्माणमा माओवादी च्याम्पियन देखिएको छ। अब माओवादीका लागि संगठन निर्माण गर्ने, आफ्नो खुट्टामा दह्रो गरी उभिने, शक्ति निर्माण गर्ने सकारात्मक चुनौती र जिम्मेवारी छ। हामी त्यसैमा केन्द्रित छौँ। केन्द्रीय कमिटीको बैठक बोलाएका छौँ। त्यसमा हामी केही राजनीतिक प्रस्ताव पारित गर्छौं। संगठनको जिम्मेवारी दिन्छौँ। महाधिवेशन वा सम्मेलनको तयारी गरेर पार्टीलाई अगाडि बढाउँछौँ। 

प्रकाशित मिति: : 2021-07-24 16:46:00

प्रतिकृया दिनुहोस्