कथा : यही नै हो प्रेम ?

गोरखापत्र

लक्ष्मी उप्रेती

आज किन किन मन त्यसै नरमाइलो लागिरहेको थियो बिहानैदेखि। हुन त मेरो जिन्दगी नै आगो लागेर बचेको घरको कालो खम्बाजस्तै भइसकेको छ। जसरी, जुन रूपमा भए पनि उभिनुछ। दिक्क लागेको बेलामा कहिलेकाहीँ तल नरबहादुरको चिया पसलमा चिया पिउन पुग्दथेँ म। आज पनि कहाँ जाउँ लागेकाले कपडा फेरेर लागेँ उही नरबहादुरको पसलतिर।

“कता हिँड्नु भो सर ? यो मध्य दिउँसोको घाममा ?” बाटोमा जम्काभेट भएकी नम्रताले सोधिन्। “तल नरबहादुरको चिया पसलमा दुई चार जना गाउँले भेट भै हाल्छन् गफ गराँै र चिया पनि पिउँ भनेर हिँडेको।”

त्यति टाढा चिया पिउन जानु हुन्छ तर मैले कतिपल्ट चिया पिउन आउनु न सर भनेर बोलाई सकेँ, आउनु हुन्न !” उनले मन छुने भाव व्यक्त गरिन्। हुन त नम्रताले मलाई चिया पिउने निम्ता दिएको धेरैपल्ट भइसकेको थियो। उनको घरमा मैले पाइला नटेकेको पनि होइन। तर, समय फेरिएकोले मेरा पाइला बढ्न सकेका थिएनन् उनको घरतिर। उनी यहाँ आएको लगभग १५ वर्ष जति भयो होला। उनी आएपछि बिस्तारै मेरी श्रीमतीकी अभिन्न मित्र भइन्। श्रीमती हुँदा त हामी हप्तामा दुई, तीनपल्ट नै उनको घरमा पुग्थ्यौँ भने उनलाई पनि जुनसुकै बेला हाम्रो घरमा आउन रोकटोक थिएन। अब फेरि कुनै दिन नम्रताले बोलाउँदा चाहिँ जान्छु। मनमनै तय गरेर चुपचाप ओरालो लागेँ।

प्रकाशित मिति: : 2021-07-24 14:31:00

प्रतिकृया दिनुहोस्