पुरातात्विक पर्खाल भत्काएर निजी स्कुललाई सडक

थाहा खबर

काठमाडौँ

 

श्याम राई

नक्सालस्थित बालमन्दिर गेट कम्पाउन्डमा राणाकालीन पर्खाल छ। सो ऐतिहासिक पर्खालको रङरोगन खुइलिसकेको छ भने कुनै ठाउँमा चर्किएका छन्।

काठमाडौं महानगरपालिका विकास गर्दा कुनै पनि ऐतिहासिक सम्पदा नमास्ने दाबी गर्छ। यी शब्द नै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठबाट विभिन्न सार्वजनिक कार्यक्रममा निस्किन्छ।

तर, महानगरपालिकाले नै विकासको नाममा ऐतिहासिक सम्पदाहरू धमाधम मास्ने गरेको छ। महानगरपालिका वडा-१ र ५ ले ती पुरातात्विक पर्खाल भत्काएर निजी राई स्कुलका लागि पक्की बाटो बनाउन लागेको हो।

सोही पर्खालभित्र रहेको बाल मन्दिर अर्थात नेपाल बाल संगठनको जग्गा समेत केही जानकारी नगरी कब्जा गरिएको छ। संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले केही जानकारी नगराइ वडा र वृहस्पति विद्या सदन स्कुलले राई स्कूलका लागि दोहोरो सवारीसाधन चल्ने गरी पक्की बाटो बनाउन लागेको बताइन्‌।

प्रकाशित मिति: : 2021-07-24 11:35:00

प्रतिकृया दिनुहोस्