भीम रावलको सांसद पद स्वतः रिक्त !

रातोपाटी

काठमाडौं

नेकपा एमालेका सांसद भीम रावलले राजीनामा दिइसकेपछि उनको सांसद पद स्वतः रिक्त भएको कानूनविद्हरुले बताएका छन् । अब रावलले राजीनामा फिर्ता लिएँ भन्दैमा उनको सांसद पद फिर्ता नहुने कानूनविदहरुको तर्क छ । रावलले अब सांसदका रुपमा तलब भत्ता खाएमा त्यो बेरुजु र भ्रष्टाचार ठहरिने विज्ञहरु बताउँछन् । 

​अछाम १ बाट निर्वाचित एमाले सांसद रावलले साउन ३ गते संसद भवनमा पत्रकारसामु लिखित अन्तरवार्ता पढेर आफूले राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि उनले सभामुखको सचिवालयमा लिखित राजीनामा बुझाएका थिए ।

रावलले शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको हुनाले घृणित राजनीतिक खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए ।

प्रकाशित मिति: : 2021-07-23 21:11:00

प्रतिकृया दिनुहोस्