शनिबार, १२ जुलाई २०२५

स्पेनको संसद बैठकमा ‘मुसा’ छिरेपछि सांसदहरूको भागाभाग (भिडियोसहित)

बिएल संवाददाता

बिएल संवाददाता

सेवील
2021-07-23 10:51:00
Photo - Reuters
• • •

स्पेनको संसद बैठक कक्षमा ‘मुसा’ छिरेपछि सांसदहरूले भागाभाग गरेको रोचक दृश्य पछिल्लोपल्ट भाइरल भएको छ।

अन्डलूशिया प्रान्तको संसद अधिवेशन जारी रहेको बेला एउटा ‘मुसा’ देखिए–लगतै सांसदहरू आ–आफ्नो ठाउँबाट निस्केर भागदौड गर्छन्।

अधिवेशन सत्रमा एक सांसद बोलिरहँदा सभामुख मार्टा बास्केटले ‘मुसा’ देख्छिन्। र, उनले अचम्मको आवाज निकाल्दै आफ्नो मुख छोप्छिन्। 

सबै सांसदहरू मुसातिर हेर्दै भागाभाग गर्छन्, जुन भिडियो रोयटर्सले सामाजिक सञ्जालमार्फत् शेयर गरेको छ।

भिडियोमा प्रायः सांसहरू आफ्नो स्थानबाट निस्केर बैठक कक्षको ढाेकातर्फ भाग्दै गरेको देख्न सकिन्छ। उनीहरू सदनमा मुसा देखेपछि चिच्याउँदै वरपर गरिरहेका हुन्छन्। मुसाकै कारण बिहिबारको संसद अधिवेशन रोक्नुपरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्।

एउटा मुसाको त्रासमा संसदभित्रै हल्ली–खल्ली मच्चाउने सांसदहरूको भिडियो सामाजिक सञ्जालमा खूब् फैलिएको छ।  

सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोमाथि विभिन्न ढंगले टिप्पणी गरिरहेका छन्। कतिपयले वृद्ध उमेरका मानिसहरू पनि बच्चा जस्तै डराइरहेको बताएका छन्। उनीहरू मध्ये कतिले संसदमा फेला परेको मुसालाई आ–आफ्नो देशका नेताहरूसँग तुलना पनि गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?