बिएल संवाददाता
स्पेनको संसद बैठक कक्षमा ‘मुसा’ छिरेपछि सांसदहरूले भागाभाग गरेको रोचक दृश्य पछिल्लोपल्ट भाइरल भएको छ।
अन्डलूशिया प्रान्तको संसद अधिवेशन जारी रहेको बेला एउटा ‘मुसा’ देखिए–लगतै सांसदहरू आ–आफ्नो ठाउँबाट निस्केर भागदौड गर्छन्।
अधिवेशन सत्रमा एक सांसद बोलिरहँदा सभामुख मार्टा बास्केटले ‘मुसा’ देख्छिन्। र, उनले अचम्मको आवाज निकाल्दै आफ्नो मुख छोप्छिन्।
सबै सांसदहरू मुसातिर हेर्दै भागाभाग गर्छन्, जुन भिडियो रोयटर्सले सामाजिक सञ्जालमार्फत् शेयर गरेको छ।
भिडियोमा प्रायः सांसहरू आफ्नो स्थानबाट निस्केर बैठक कक्षको ढाेकातर्फ भाग्दै गरेको देख्न सकिन्छ। उनीहरू सदनमा मुसा देखेपछि चिच्याउँदै वरपर गरिरहेका हुन्छन्। मुसाकै कारण बिहिबारको संसद अधिवेशन रोक्नुपरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन्।
एउटा मुसाको त्रासमा संसदभित्रै हल्ली–खल्ली मच्चाउने सांसदहरूको भिडियो सामाजिक सञ्जालमा खूब् फैलिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोमाथि विभिन्न ढंगले टिप्पणी गरिरहेका छन्। कतिपयले वृद्ध उमेरका मानिसहरू पनि बच्चा जस्तै डराइरहेको बताएका छन्। उनीहरू मध्ये कतिले संसदमा फेला परेको मुसालाई आ–आफ्नो देशका नेताहरूसँग तुलना पनि गरेका छन्।
Rat sneaks into Andalusia's parliament in Spain, spooking lawmakers 🐀 pic.twitter.com/f4TWA6yDmG
— Reuters (@Reuters) July 22, 2021
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया