पाँच वर्ष यता अमेरिकी कूटनीतिज्ञलाई मात्र देखिने ‘हवाना सिन्ड्रोम’ के हो? ओसामा विन लादेन मार्ने गुप्तचर अधिकारीले गर्दैछन् अनुसन्धान

पहिलोपोष्ट

काठमाडौँ

अमेरिकी कूटनीतिज्ञ, गुप्तचर र अन्य कर्मचारीको स्वास्थ्यमा असर पारिरहेको रहस्यमयी ‘हवाना सिन्ड्रोम’ ले विश्वभर सनसनी मच्चाइरहेको छ। यसबारेको नयाँ रिपोर्टले मध्य एसियामा भएका घटनाहरुमाथि संदेश प्रकट गरेको छ। 

गत जुलाई २० मा एनबीसीले एक रिपोर्ट प्रकाशित गर्दै किर्गिस्तानमा एकभन्दा बढी अमेरिकीमा यसको लक्षण देखा परेको र जसमा एक बच्चसमेत रहेको उल्लेख छ।

त्यसको एक दिनपछि उज्बेकिस्तानमा पनि अमेरिकी अधिकारीमा यस्तै लक्षण देखा परेको रिपोर्ट प्रकाशित भयो। अमेरिकी सरकारको सार्वजनिक अथवा क्लासिफाइड डकुमेन्टमा यस्तो लक्षण क्युवा, अष्ट्रिया, चीन, उज्वेकिस्तान, रुस र अमेरिकामा रहेका अमेरिकी कूटनीतिज्ञहरु, गुप्तचर अधिकारी तथा अन्य सरकारी अधिकारीहरुमा देखिएको छ।

जो बाइडेनले अमेरिकी प्रशासन सम्हालेयता यस्तो संक्रमण दुई दर्जन बढीमा देखिएको छ।

यसैबीच, वासिङटनले यसको छानविन गर्नका लागि सीआईएका वरिष्ठ अधिकारीलाई जिम्मेवारी दिएको छ। अलकायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न महत्त्वपूर्ण नेतृत्व गरेका सीआईएका गुप्तचर जासुसलाई हवाना सिन्ड्रोमको अध्ययन गर्ने सीआईए टास्क फर्सको जिम्मेवारी दिइएको वालस्ट्रिट जर्नलले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-22 20:09:00

प्रतिकृया दिनुहोस्