ए ससुरा बा ! मलाई देवर मन पर्‍यो

नेपाल खबर

काठमाडौं

लेखको शीर्षक देखेरै धेरैले जिब्रो निकाल्लान् भन्ने आशंका लाग्दादाग्दै पनि मैले ‘आपत्तिजनक र अशोभनीय’ शीर्षक चयन गरेँ। माफ गर्नुहोला, युगौँदेखि ‘सुन्दर, शान्त र पवित्र’ यो समाजको कुवामा मैले एउटा ‘चरित्रहीन’ ढुंगा फालेँ।

कुटुमा कुटु, छोरीको मुटु 
केही वर्षअघि एउटा गीत यति धेरै चर्चित भयो कि युट्युबमा मात्रै त्यसको म्युजिक भिडिओ १५ करोडभन्दा बढीपटक हेरियो। गीत हो– ‘कुटुमा कुटु सुपारी दाना।’ हामी कूल नेपालीभाषीको संख्या ४ करोड पुगनपुग होला, तर त्यो गीत युट्युबमा १५ करोडभन्दा बढीपटक हेरिनु आफैंमा आश्चर्यजनक हो। करोडौँले मन पराएको त्यो गीतले आम नेपाली छोरीहरूको मनोदशालाई सचित्र वर्णन मात्र गरेको छैन, त्यसमा छोराहरूको स्थापित आत्मविश्वासलाई समेत अझ उँचो राखेको छ।  

केटी भन्छे, ‘खैनी चुरोट खान्छौ कि दाँतै कालो छ, दिदीको मगनी भैसक्यो, मेरै पालो छ।’ 

केटो प्रतिउत्तर दिन्छ, ‘राजाको हात्ती मैसित, सौ तोला सुन छ ल्हासाको, पढाइलेखाइमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको।’

फेरि केटी भन्छे, ‘हेर्दामा ज्युज्यान खाइलाग्दो, जागिरे मर्द बलियो, इमान्दार केटोलाई जोवन दिने मन थियो।’ उसो त ‘बजारका गीतका शब्द पनि केलाएर साध्य हुन्छ र, यस्तै खालका गीत त अरू पनि छन् नि!’ प्रश्न गर्न सकिएला। तर हाम्रा गीतले हाम्रो समाजको चेतना र मनोदशा प्रतिबिम्वन गर्छन्। गीत बजारमा आएसँगै तिनले समाजमा पर्याप्त प्रभाव पनि छाड्छन्। तर करोडौँले सुनेको सो गीतले समाजमा के सन्देश दिन खोज्दै छ? छोराहरू राजाको जस्तै हात्ती पाल्ने हिम्मत राख्छन्, सय तोला सुनसमेत साथमा राख्छन्। उनीहरू पढाइमा अब्बल हुन्छन् र नासाको वैज्ञानिकसमेत बन्ने आत्मविश्वास राख्छन्। 

प्रकाशित मिति: : 2021-07-21 09:41:00

प्रतिकृया दिनुहोस्