देउवा ‘शक्तिशाली’ प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा भारी बहुमत प्राप्त गरेका छन्।

देउवालाई कांग्रेस, माओवादी, एमाले, जसपा र जनमोर्चाका सांसदले मत दिएका थिए। मत दिनेमा कांग्रेसका ६१, माओवादीका ४८, एमालेका २२, जनता समाजवादी पार्टीका ३२ र जनमोर्चा र स्वतन्त्रबाट एक–एक सांसद थिए। देउवाको विपक्षमा ८३ र मत दिन्नँ भन्ने पक्षमा एक मत परेको थियो।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसहित दोस्रोपटक पुनस्र्थापित भएको संसद्को पहिलो बैठककै दिन बिहान अचानक विश्वासको मत लिने निर्णय गरेपछि त्यसमाथि मतदान भएको थियो।

प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये नेकपा माओवादी (केन्द्र)ले आफ्ना चार सांसदलाई कारबाही गरेपछि तत्काल दुई सय ७१ जना मात्रै सांसद छन्।

अर्काेतिर, चारजना (अफ्ताब आलम, विजय गच्छदार, हरिनारायण रौनियार, रेशम चौधरी) निलम्बनमा छन्। तत्काल कायम रहेको सदस्य संख्यामा उनीहरू जोडिए पनि भोट दिन पाउँदैनन्। सभामुखबाहेक मतदान प्रक्रियामा भाग लिन पाउने संख्या दुई सय ६६ हो। 

प्रकाशित मिति: : 2021-07-20 09:06:00

प्रतिकृया दिनुहोस्