दीपक विष्ट, बेइजिङ ओलम्पिक र लियोनल मेस्सी (भिडिओ)

नेपाल खबर

यज्ञराज जोशी

 

दीपक विष्ट नेपाली खेलकुदले पाएको सर्वश्रेष्ठ खेलाडी हुन्।

उनी रिङमा उत्रिँदा अनेक पटक साक्षी बनेका पाका खेल पत्रकार हिमेश बज्राचार्य दीपकको शरीर र दिमागको अविश्वसनीय सम्मिश्रणले उनलाई सर्वश्रेष्ठ खेलाडी बनाएको बताउँछन्। हिमेशको शब्द सापटी लिँदा दक्षिण एसियामा विष्ट ‘अपराजित’ खेलाडी हुन्। 

नेपालमा आयोजना भएको १९९९ को आठौँ, २००४ को नवौँ (पाकिस्तान), २००६ को दसौँ (श्रीलंका) र २०१० को एघारौँ (बंगलादेश) सागमा लगातार चार स्वर्णपदक जित्नुले पनि तेक्वान्दो खेलाडी विष्ट अपराजित खेलाडी हुन् भन्ने पुष्टि गर्छ।

‘उनी पक्कै पनि अब्बल दर्जाका खेलाडी हुन्। उनको बचाउ जति राम्रो छ, उत्तिकै राम्रो आक्रमण पनि छ। खेलमा उनको शरीर मात्र चल्दैन, दिमाग पनि चल्छ,’ हिमेश भन्छन्, ‘उनी शरीर र दिमागको अविश्वसनीय सम्मिश्रण गर्छन्।’

‘उनी छोटो समयमा छरितो निर्णय गर्न पनि माहिर छन्। सबैभन्दा ठूलो उनी चलाख छन्,’ हिमेशले थपे, ‘छोटोमा भन्दा उनी जत्तिको सफल खेलाडी अरू कोही छैनन्।’

दक्षिण एसियाली खेलकुदमा चार स्वर्णपदक जित्ने कीर्तिमान विष्टका नाममा अहिलेसम्म कायम छ। यद्यपि अघिल्लो वर्ष नेपालमै भएको १३ औँ सागमा पौडीकी गौरिका सिंहले विष्टको चार स्वर्णको कीर्तिमान बराबरी गरेकी छन्।

तर, दीपकलाई सर्वश्रेष्ठ बनाउने अर्को ठूलो उपलब्धि हो– ओलम्पिकमा छनोट चरण पार गर्न सफल हुनु।

 

प्रकाशित मिति: : 2021-07-19 07:24:00

प्रतिकृया दिनुहोस्