बिएल संवाददाता
नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भएको २०८औंँ भर्चुअल भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ।
कार्यक्रममा कवि मायादेवी अर्याल(८९), प्रह्लाद पोखरेल, डा बमबहादुर जिताली, शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, ध्रुव पौडेल, सूर्यकुमार पण्डित, गिरिराज जोशी, टेकबहादुर लौडारी, चन्द्रमणि अधिकारी, सूर्यवदना पण्डितलगायतले भानुका रचना तथा आआफ्ना पद्य रचना एवं टीकारामगोपाल भित्रीकोटी, अनुपकुमार भेटुवाल, डा किस्मत भण्डारी (क्यानडा), शिलु शर्मा, चित्रा पौडेललगायतले आ–आफ्ना गद्यकविता वाचन गरे।
कवि राजेन्द्र गुरागाईँले बङ्गाली भाषामा भानुसम्बन्धी कविता वाचन गरेका थिए।
कवि ऋषभ घिमिरेले संयोजन गरेको सो कार्यक्रममा समितिका सल्लाहकार धर्मराज बरालले समितिले करीब २० वर्षदेखि भानुजयन्तीलगायत कार्यक्रम गरी नेपाल र भारत तथा नेपाली र भारतीय नेपालीलाई जोड्ने तथा एकता गराउने महत्वपूर्ण भूमिका खेलेको बताए।
समितिका अध्यक्ष बद्रीविक्रम थापा र महासचिव रामबहादुर कार्कीले समितिले कोलकातामा नेपाली समुदायबीच साहित्य, संस्कृति तथा मानवीय कार्य गरिरहेको जानकारी दिए।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले आदिकविको भूमिका तथा कोलकाता र नेपालको साहित्यिक सम्बन्धबारे प्रकाश पार्नुभयो भने कवि एवं अनुवादक युयुत्सु आरडी शर्मा, रामायण धमला, तिलकराम शर्मा, मनबहादुर श्रेष्ठले कार्यक्रमलाई शुभकामना दिएका थिए।
समितिले संस्थागत रुपमा सन् १९९७ देखि भानुजयन्ती मनाउँदै आएको छ। संस्थाले वार्षिक रुपमा साहित्यिक ‘बिहानी’ पत्रिका पनि प्रकाशन गर्दै आएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया