जेलमा आलमलाई भेटे कारागार व्यवस्थापन विभागका महानिर्देशकले

कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई भेटेका छन्।

कारागार स्रोतका अनुसार महानिर्देशक पोखरेलले एक सहयोगीसँगै कैद जीवन बिताइरहेका आलमलाई बिहीबार विशेष कक्षमा बोलाएर कुराकानी गरेका हुन्। भेटका क्रममा उनले आलमको हालखबर सोधेका थिए।

स्रोतका अनुसार पोखरेल गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि आलमलाई भेट्न नख्खु पुगेका हुन्। ‘डिजी सा’बले एक सहयोगीसँगै आलमलाई भेटेर हालखबर सोध्नुभयो। यसक्रममा कारगारभित्र सजिलो÷असजिलो पक्षका विषयमा पनि दुईबीच कुरा भयो। र, गृहमन्त्रीको सन्देश पनि उहाँले सुनाउनुभयो,’ स्रोतले भन्यो। तर, महानिर्देशक पोखरेल आफू नख्खु कारागार नै नगएको दाबी गरे। ‘म नख्खु कारागार गएकै छैन। त्यसैले कसैलाई भेट्ने कुरा कसरी हुन्छ ?’ उनले भने।

 

प्रकाशित मिति: : 2021-07-16 09:40:00

प्रतिकृया दिनुहोस्