चार मन्त्रीले पनि लिए सपथ

Photo - RSS
Photo - RSS

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्।

नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई  मन्त्री नियुक्त गरेका हुन्।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन्। यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ  गराएकी हुन्।

प्रकाशित मिति: : 2021-07-13 20:41:00

प्रतिकृया दिनुहोस्