नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।
सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्।