गुपचुप गए, चुपचाप फर्किए महावीर पुन 

' म्यासाचुसेट्स राज्यका सिनेट्' र ओहायोका दुइ सहरका मेयरद्वारा सम्मान

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता डा. महावीर पुन ४५ दिन लामो अमेरिका भ्रमण पूरा गरी नेपाल फर्किएका छन्।

गत वर्ष निधन भएका उनका गुरु नेब्रास्का युनिभर्सिटिका पूर्व डिन प्रा. डा. लियोनर्ड स्कोवको 'मेमोरियल सर्भिस' मा भाग लिन अमेरिका गएका थिए। उनलाई पुनले आफ्नो अभिभावक मान्थे। गत साल ८५ वर्षेको उमेरमा प्रा.डा. स्कोव निधन भएको थियो।

भ्रमणका क्रममा उनले अमेरिका २९ वटा राज्यमा नेपाली समुदायले आयोजना गरेका ५४ वटा ठूला भेटघाट कार्यक्रममा सहभागी भएका थिए। यसबाहेक उनले सानातिना धेरै भेटघाट पनि गरे। 

प्रोफेसर स्कोवको 'सर्भिस मेमोरियल' मा भाग लिन उनी अमेरिका गएका हुन्। यसपल्टको अमेरिकाको भ्रमण निकै फलदायी भएको पुनले विएल नेपाली सेवालाई जानकारी दिए।

भ्रमणबाट निकै सन्तुष्ट देखिने उनले भने, 'मेरो भ्रमणको सिलसिलामा अमेरिकास्थित विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली र भुटानी नेपाली समयदायसँग दाजुभाइ दिदीबहिनीहरुसँग भेट्घाट, अन्तर्क्रिया र छलफल भयो।'

अमेरिकामा रहेका विभिन्न संघ–संस्थाले आविष्कार केन्द्रलाई करिब तीन लाख डलर 'आर्थिक दान' जुटेको उनले जानकारी दिए।

कोरोनाविरुद्द लड्ने ठूलो परिमाणमा विभिन्न उपकरणहरु पनि अमेरिकास्थित नेपाली समुदायबाट सहयोग प्राप्त भएको समेत बताए।

'राज्यका सिनेट' र मेयरद्वारा सम्मान

अध्यक्ष महावीर पुनलाई म्यासाचुसेट्स राज्यको सिनेट्द्वारा सम्मानित गरिएको थियो। त्यस्तै ओहायो राज्यमा पनि दुईवटा सहरका मेयरहरुद्वारा उनी सम्मानित भएका थिए।

उनी अमेरिकामै रहँदा 'ग्रेडिएन हेल्थ सिस्टम' ले राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको ५० थान भेन्टिलेटर 'सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस'  सहयोगमा नेपाल पठाइएका थिए।

सहयोग स्वरुप प्राप्त गरिएको भेन्टिलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पताल मध्ये वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिएको थियो।

उक्त ल्याबमा 'critical care and biomedical engineering' को तालिम 'simulation' पद्दति प्रयोग गरेर दिइनेछ। यो ल्याब 'ANMF, NIC, NDAUK, HEXN, Department of Anesthesia Bir Hospital' मिलेर बनाइने छ।

अर्थ संकलनको प्रमुख जिम्मा 'सोसाईटी अफ अमेरिकन नेपालीज नर्सेस'ले लिएको थियो। केहि संस्थाहरुले भने सिधै राष्ट्रिय आविष्कार केन्द्रको नेपालमा रहेको खातामा नै पठाइदिएको समाजसेवी पुनको भ्रमण कार्यक्रम प्रमुख अभियन्ता डा. सन्तोष सापकोटाले जानकारी गराएका छन्।

पुन अमेरिका पुग्नेबित्तिकैदेखि विभिन्न नेपाली संघ–संस्थाले आयोजना गरेको भेट्घाटमा निकै व्यस्त रहे। उनले राष्ट्रिय आविष्कार केन्द्रका कामहरु र नेपाललाई विज्ञान प्रविधिको प्रयोगबाट कसरी नेपाल समृद्ध बनाउन सकिन्छ भन्ने आइडिया विभिन्न कार्यक्रमहरुमा प्रस्तुतीकरण दिएका थिए।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको भेट्घाट कार्यक्रममा युवा, विद्यार्थी, प्रोफेसर, वैज्ञानिक, डाक्टर, व्यापारीलगायत विभिन्न पेशामा आवद्ध उल्लेख्य नेपालीहरुले जिज्ञासासहित सहभागी भएका थिए। उनी मे २३ मा काठमाडौंबाट सुटुक्क अमेरिका उडेका थिए भने जुलाई १२ मा चुपचाप स्वदेश फर्केका हुन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको पुन अध्यक्ष रहेर उनकै पहलमा खुलेको राष्ट्रिय आविष्कार केन्द्रले कृषि, शिक्षा, ड्रोन, बायोमेडिकल, स्वास्थ्यलगायतका क्षेत्रमा अनुसन्धानात्मक कार्य गर्दै आइरहेको छ।

गत वर्ष कोरोनाको विश्वव्यापी महामारीको सङ्क्रमण फैलिएपछि केन्द्रले भाइरसविरुद्ध लड्ने पीपीई, भेन्टिलेटर मर्मत, मिनी–अक्सिजन प्लान्ट निर्माणमा सहयोग, स्वाब सङ्कलन रोबोटलगायतका विभिन्न उपकरण बनाएर नि:शुल्क वितरण र सेवा उपलब्ध गराउँदै आएका छ।

केही समयअघि नै उनको अमेरिका भ्रमणको योजना थियो तर कोरोना महामारीको सङ्क्रमणले गर्दा केही समय पछि धकेलिएको थियो।

अलबिदा डा. स्कोव ! जसले मलाई महावीर पुन बनायो (भिडियाेसहित)

के सरकारसँग महावीर पुनको सल्लाह सुन्ने समय छ?

अक्सिजन हाहाकार टार्ने महावीर पुनको यस्ता छन् योजना (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-07-13 16:35:00

प्रतिकृया दिनुहोस्