बदलियो राजनीतिक दृश्य : माधव नेपालले छाडे विपक्षी गठबन्धन, देउवालाई चटारो क-कसलाई लिने सरकारमा?

पहिलोपोष्ट

काठमाडौँ

काठमाडौँ: सर्वोच्च अदालतको सोमबारको फैसलासँगै राष्ट्रिय राजनीतिको दृश्य बदलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट बहिर्गमन हुँदा विपक्षी दलका नेता/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार  इन्ट्री गर्ने तयारीमा छन्। अदालतले देउवालाई मंगलबार ५ वजेभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ भने ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ।

योसँगै नयाँ सरकार गठनको गृहकार्यमा देउवा लागेका छन्। नयाँ सरकार गठनकै विषयमा केन्द्रित भएर विपक्षी ५ दलीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठक नेपाल निवास कोटेश्वरमा बसेको थियो।

उक्त बैठकले देउवाको नेतृत्वमा सुरुमा सानो आकारको मन्त्रीमण्डल गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सहमतिको सरकार बनाउने, विचार मिल्नेसँग सहकार्य लगायतका विषयमा बैठकमा छलफल भएका थिए।

प्रकाशित मिति: : 2021-07-12 21:14:00

प्रतिकृया दिनुहोस्