माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको छ।

आइतबार बसेको आयोगको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै माओवादी छाडेर एमालेमा गएकाहरूले दिएको निवेदन खारेज गरेको हो।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका थिए। 

प्रकाशित मिति: : 2021-07-11 15:50:00

प्रतिकृया दिनुहोस्