विशेष रिपोर्ट : थाहा पाउनुहोस्, इनर्जी ड्रिङ्क्सले ज्यानै लिन सक्छ

शिलापत्र

काठमाडौँ

नवराज कुँवर र दिनेश गाैतम

इनर्जी ड्रिङ्कलाई लाभदायक पेय मानेर हामी निर्धक्क पिइरहेका हुन्छौँ । तर, यसको सिधा असर मुटुसँग जोडिएको कुराप्रति हामीमध्ये थाेरैलाई थाहा हाेला । यसअघि शिलापत्रमा हामीले कोकाकोलालगायतका सफ्ट ड्रिङ्कले स्वास्थ्यमा पुर्‍याउनसक्ने हानीबारे विस्तृत रिपाेर्टिङ गरेका थियौँ । आज हामी इनर्जी ड्रिङ्कको सम्भावित असरबारे चिरफार गर्दैछौँ ।

क्याफिनयुक्त इनर्जी ड्रिङ्क आयातमा नेपाल सरकारले रोक नै लगाएको छ । बजारमा फेला परेका शंकास्पद केही ब्राण्डमाथि अहिले परीक्षण तथा अनुसन्धान भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले शिलापत्रलाई जानकारी दिए । इनर्जी ड्रिङ्कले शरीरमा के असर गर्छ, त्यसकाे कारण के हाे, कस्ता व्यक्तिका लागि यो घातक हुन्छ, तपाईंलाई छर्लङ्ग पार्ने प्रयास गरेका छौँ ।   

गत अप्रिलमा बेलायतका २१ वर्षीय युवकको उपचारपछि डाक्टरहरूले एउटा यथार्थ खुलासा गरे- शरीरलाई राम्रो हुन्छ भन्दै हामीले पिउने इनर्जी ड्रिङ्कले उल्टै हाम्रो मुटुमा गम्भीर असर पुर्‍याउन सक्छ । 

प्रकाशित मिति: : 2021-07-11 10:42:00

प्रतिकृया दिनुहोस्