जेनी कुँवरको दुखद अन्त्य: अध्यात्मको यात्रादेखि मानसिक विचलनसम्म

देशसञ्चार

काठमाडौँ

सुजाता खत्री

बिहीबार बिहान सँगै खाना खाएर छुट्टिएका मनबहादुर कुवँरले साँझ घर फर्कदा श्रीमती (जेनी कुँवर) लाई झुन्डिएको देखे। कामका लागि निस्कँदा उनले आफ्नो श्रीमतीलाई सामान्य देखेका थिए तर साँझ जेनीले आफैले पासो लगाएर संसार छोडिन्। पत्रमा लेखिन्, ‘कसैलाई दुख नदिनु, आफैले हत्या गरेकी हुँ।’

उनको मृत्युको खबर ‘स्तब्ध’ बनाउने खालको थियो। किनकि एउटा सम्पन्न परिवारकी परिपक्व महिला, जो आर्थिक रुपमा सबल थिइन्, सन्तानलाई ‘सेटल’ गराइसकेकी थिइन्। त्योभन्दा पनि जीवनलाई उनले आध्यामिक तवरले बिताइरहेकी थिइन्। जेनीलाई नजिकबाट नियाल्नेहरुले उनमा नराम्रो, गलत विषयको विरुद्धमा आवाज उठाउने साहस देखेका थिए।

जेनीसँग सामाजिक काममा कयौँपटक साथ हिँडेका समाजसेवि प्रदीप घिमिरे भन्छन्, ‘उहाँ आफैँमा सक्षम र निडर पात्र हुनुहुन्थ्यो। उहाँले यस्तो गर्नुभयो भनेर विश्वास नै लागिरहेको छैन।’ प्रदीपले जेनीसँग संगत गरेको समयमा जेनी जीवन जीउने कलाका बारेमा कुरा गर्थिन्,जसबाट प्रदीप पनि प्रभावित थिए।

यस्तै उनको आध्यात्मिक जीवनशैलीबाट प्रभावित भएकी थिइन्, शोभिता सिम्खडा पनि । ‘१० वर्षभन्दा अगाडिको कुरा हो, उहाँ रविशंकर गुरुको भक्त हुनुहुन्थ्यो। गुरु नेपाल आएको बेला म पनि भेट्न गएको थिएँ। उहाँ त्यतिबेला भजन किर्तन गर्ने अर्कै खालको हुनुहुन्थ्यो। उहाँले गुरुसँग भेटाइदिनु भएको थियो।’

प्रकाशित मिति: : 2021-07-10 20:13:00

प्रतिकृया दिनुहोस्