रोल्पा नगरपालिकाद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

रोल्पा नगरपालिकाले सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिरिन्टर मेसिन वितरण गरेको छ।

विद्यालयलाई प्राविधिकमैत्री बनाउन १३ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिरिन्टर वितरण गरेको रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले बताएका छन्।

पाठक्रममा कम्प्युटर विषय पढाइ भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्या आएपछि नगरपालिकाको ७५ प्रतिशत अनुदान र विद्यालयको २५ प्रतिशत लागत सहभागितामा कम्प्युटर र प्रिरिन्टर मेसिन वितरण गरेको नगर प्रमुख केसीले बताए।

त्यस्तै गरी नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत १० वटा बालविकास केन्द्रलाई विभिन्न शैक्षिक सामग्री हस्तारन्तण गरेको छ।

प्रकाशित मिति: : 2021-07-10 08:50:00

प्रतिकृया दिनुहोस्