एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा अहिले भेटवार्ता जारी छ।
बैठकमा ओली पक्षका ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी छन्।
स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले नेता नेपाललाई निर्णायक जिम्मेवारी दिदैछन्।
आजै एकताको संयुक्त वक्तव्य निकाल्ने तयारी छ।
स्राेतका अनुसार माओवादी केन्द्र छाडेर आएका बादल समूहसहितलाई समेट्ने गरी '०७५ जेठ २' को अवस्थामा फर्काउन लागिएकाे हाे।
केही दिनयता एमाले एकता जाेगाउन कार्यदल सक्रिय रूपमा लागेकाे थियाे।