ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु, आजै एकताकाे संयुक्त वक्तव्य निकाल्ने तयारी

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएकाे छ। 

उनीहरूबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको हाे। आजै एकताकाे संयुक्त वक्तव्य निकाल्ने तयारी छ। बैठकमा दाेस्राे तहका नेताहरू पनि सहभागी छन्।
स्राेतका अनुसार माओवादी केन्द्र छाडेर आएका बादल समूहसहितलाई समेट्ने गरी '०७५ जेठ २' को अवस्थामा फर्काउन लागिएकाे हाे।

केही दिनयता एमाले एकता जाेगाउन कार्यदल सक्रिय रूपमा लागेकाे थियाे।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र सदस्यहरुमा उपप्रधानमन्त्री एवम् गृह र अर्थमन्त्री विष्णु पौडेल, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्।

त्यस्तै वरिष्ठ नेता माधव नेपाल पक्षबाट एमाले उपाध्यक्ष भीम रावल संयोजक र सदस्यहरुमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

प्रकाशित मिति: : 2021-07-07 19:41:00

प्रतिकृया दिनुहोस्