नेकपा माओवादीकेन्द्रले लामो समयदेखि महाधिवेशन नगरेकाे भन्दै उक्त दल खारेज गर्न माग गरी निर्वाचन आयोगमा उजुरी दर्ता भएकाे छ।
अधिवक्ता सरोज बुढाथोकीले २०६९ सालदेखि माओवादीकेन्द्रले महाधिवेशन नगर्नु संविधानको प्रावधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ काे प्रावधानकाे उल्लङ्घन भएकाे दावी निवेदनमा गरेका छन्।
माओवादी छाडेर एमालेमा गएका २३ जना नेताहरू समेत आयोगमा पुगेका थिए। उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्।
निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्।