सप्तरीमा अत्याधुनिक ‘फिटनेस क्लब’ सञ्चालनमा

File photo
File photo

दिगो स्वास्थ्य जीवनका लागि सप्तरीको कञ्चनरुप नगरपालिकामा आजदेखि अत्याधुनिक ‘फिटनेस क्लब’ सञ्चालनमा ल्याइएको छ। 

नगरपालिकाको नगर प्रमुख कोषको सहयोगमा ग्रामीण कञ्चन युवा क्लबले कञ्चनरुप–८ मा सो फिटनेस क्लब सञ्चालनमा ल्याएको हो। 

क्लबको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले मानिसलाई स्वस्थ रहन व्यायाम अति नै आवश्यक हुने भएकाले दिगो स्वास्थ्य जीवनका लागि फिटनेस क्लब उपयोगी हुने विश्वास व्यक्त गरे। फिटनेस क्लबको सञ्चालनले यस भेगका नागरिकलाई व्यायाम गर्न सहज हुने उनले बताए। 

कञ्चनरुप नगरपालिकाका वडा अध्यक्षहरु राजकुमार साह, सत्यनारायण साह र रामनारायण प्रसाद साहले क्लबले स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउन सक्ने बताए। 

वडा न. ८ का वडासचिव कविता बस्नेत, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक, क्लबका उपाध्यक्ष अभिषेक गुप्तालगायतले स्वास्थ्यका लागि फिटनेस क्लब महत्वपूर्ण रहने बताउँदै जिम गरेर शरीरलाई स्वस्थ राख्ने धेरैको चाहना क्लबबाट पूरा हुने विश्वास व्यक्त गरे। क्लबका अध्यक्ष सञ्जय पासवानले विशेषगरी शरीरको ख्याल गर्ने र खेलाडीका लागि फिटनेस क्लब आकर्षण बन्न सक्ने बताए। रासस 

प्रकाशित मिति: : 2021-07-06 21:44:00

प्रतिकृया दिनुहोस्