कुटपिटबाट लजिमको मृत्यु, अभियुक्त पक्राउ 

बिएल संवाददाता

रुकुम (पूर्व)
Symbolic photo
Symbolic photo

पुथाउत्तरगंगा गाउँपालिका(४ घुन्मा बस्ने २९ वर्षीय लजिम बिकको कुटपिटबाट मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ४१ वर्षीय धर्मजित उनीबीच एक आपसमा झगडा हुँदा धर्मजितले कुटोले टाउकोमा प्रहार गर्दा लजिमको  मंगलबार बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरी बताएको छ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय रन्मामैकोटबाट खटिएको प्रहरीले धर्मजितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-07-06 18:01:00

प्रतिकृया दिनुहोस्