कोरोना संक्रमण बढ्दाे निको हुने भन्दा संक्रमितको संख्या बढी

नेपालमा काेराेना संक्रण मुक्त हुनेकाे भन्दा संक्रमित हुनेकाे संख्या बढी देखिएकाे छ। पछिल्लाे समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारदेखि भने नयाँ संक्रमितको संख्या निको हुनेको भन्दा बढी भएकाे हाे। 

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा निकाे हुनेकाे संख्या १ हजार ५ सय ६५ रहेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, साेमबार २६२२ जनामा संक्रमण पुष्टि भएको थियो। यही अवधिमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए। 

प्रकाशित मिति: : 2021-07-06 17:29:00

प्रतिकृया दिनुहोस्