म्याद गुज्रेका सयौँ औषधि नष्ट

बिएल संवाददाता

मध्यपुरथिमि
Symbolic photo
Symbolic photo

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ।

अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने निन्जा र केमाइन अनुमतिविना राखिएको, फ्रिज सफा नगरी ढुसी पारेर इन्जेक्सन औषधि राखेको पाइएको छ।

यहाँका मञ्जु भेट फर्मामा फ्रिजमा ढुसी परेको पाइएको छ भने म्याद नाघेको औषधि जफत गरी नष्ट गरिएको छ। त्यस्तै विष्णु भेटनरी फर्मामा ढुसी परेको फ्रिज राखिएको र औषधि विभागको अनुमति नलिई बिक्री गरिएको पाइएको छ।

स्ट्रेराइल डाइलुएन्ट, मारेक र  इन्जेक्सन बुरसल जफत गरी नष्ट गरिएको छ। डे«ग पोल्ट्री फार्मले विभागको अनुमति नलिई औषधि बिक्री गरेको पाइएको छ।

राम पासा भेटनरी, पासा भेटनरी, उज्ज्वल भेटनरी सेन्टरलगायतमा औषधि विभागको अनुमतिविना नै सञ्चालन भएको र पसलमा औषधि दिने व्यक्ति फार्मासिष्ट वा औषधि विभागको अनुमतिपत्र पाएका व्यक्ति नभएको पाइएको छ।

अनुगमनमा रहेका डा प्रणव जोशीले ढुसी आएको फ्रिजमा राखिएको इन्जेक्सन औषधिबाट पशुपक्षीमा सरेर तिनको मासु उपभोग गर्दा कालोढुसीको बिरामी देखापरेकोे बताए।

अनुगमनको क्रममा अधिकांश चश्मा पसलले चश्माको सिसा, फ्रेमको खरीद र बिक्री मूल्यमा धेरै फरक गरी उपभोक्ता ठगेर धेरै नाफा लिएको, मूल्यमा एकरुपता नभएको, चश्मा पसलले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिई सञ्चालन गरिएको र  औषधि विभागको अनुमति नलिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

लक्ष्मी अप्टिकल र भक्तपुर लक्ष्मी अप्टिकलले जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नलिइएको, नगरपालिकामा दर्ताविना नै अवैध रुपमा सञ्चालन गरिएको, चश्माको मूल्यसूची नराखिएको, जथाभावी मूल्य लिइएको, खरीद बिल नदेखाइएको र नाफा धेरै लिई बिक्री गरी ग्राहकलाई ठगेकोे पाइएको उनले जानकारी दिए।

भक्तपुर अप्टिकल, ओरिएन्टल अप्टिकल एण्ड फार्मेसी र मोडेल अप्टिकलले तालीम नलिएका जनशक्ति राखेको, जथाभावी मूल्य लिएर ठगी गरेको र पसल नवीकरण नगरेको पाइएको छ। रासस

प्रकाशित मिति: : 2021-07-06 15:58:00

प्रतिकृया दिनुहोस्