साउन १५ भित्र दलदर्ताकाे आह्वानसहित आयाेगले सार्वजनिक गर्दै मध्यावधि निर्वाचनकाे यस्ताे कार्यतालिका 

फाइल तस्वीर
फाइल तस्वीर

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेकाे छ।

गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो। सोही अनुसार निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेर सार्वजनिक गर्न लागेको हो।

निर्वाचन आयोगको स्रोतले दिएको जानकारी अनुसार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गरिनेछ। 

त्यसो त यतिबेला प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ पनि अन्तिम चरणमा पुगेको छ। तर यहीबेला नै निर्वाचन आयोगले असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न समयावधी तोकेर कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको हाे। 

आयोगले दिएको जानकारी अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

यस्तै दोस्रो चरणको निर्वाचनको लागि असोज ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कात्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका तयार भएको छ। 

प्रकाशित मिति: : 2021-07-05 13:43:00

प्रतिकृया दिनुहोस्