प्रधानमन्त्री ओलीसहित नेपालका शीर्ष नेतासँग भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक हुने

फाइल तस्वीर
फाइल तस्वीर

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएको छ।

भोलि चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका हुन्।

भर्चुअल प्रविधिबाट हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरु सहभागि हुने जनाइएको छ।

सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ।

प्रकाशित मिति: : 2021-07-05 12:51:00

प्रतिकृया दिनुहोस्