कोरोनाको जोखिममा बालबालिका, छैन पूर्वतयारी

कोरोना संक्रमणले बालबालिकालाई प्रभावित बनाउने क्रम बढिरहेको छ। तर, उनीहरूलाई संक्रमणबाट जोगाउने र क्षति कम गर्ने सम्बन्धमा सरकारको पूर्वतयारी भने सुस्त छ।

कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी संक्रमित बनेका छन्। तेस्रो लहरको संक्रमण बालबालिकाकेन्द्रित हुने विज्ञहरूको भनाइ छ। संसारभर नै १८ वर्षमुनिका बालबालिकामा कोरोनाविरुद्धको खोप लगाइएको छैन। त्यसकारण पनि तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित बनाउने विज्ञहरूले बताएका छन्।

नेपालमा त्यसै पनि बालरोग विशेषज्ञको संख्या अत्यन्त न्यून छ। त्यसमाथि अस्पतालहरूमा एनआइसियू, पिआइसियू र भेन्टिलेटरलगायतका उपकरण पनि पर्याप्त छैनन्। स्वास्थ्य मन्त्रालयसँग त बालरोग विशेषज्ञ र बालबालिकाको उपचारमा आवश्यक पर्ने एनआइसियू, पिआइसियू, भेन्टिलेटरलगायतका उपकरणहरू कति छन् भन्ने यकिन तथ्यांकसमेत छैन।

प्रकाशित मिति: : 2021-07-05 06:37:00

प्रतिकृया दिनुहोस्