अधिवक्ता अर्यालको ‘मिचाहा वर्ग’ का चार प्रतिनिधि सर्वोच्च अदालतमा ! आधा समय शम्भु थापा एक्लैलाई  

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्नबाट बञ्चित गरिएका अधिवक्ता ओमप्रकाश अर्यालले ‘मिचाहा वर्ग’ को आरोप लगाएको विषयले न्यायक्षेत्रमा चर्चा पाएको छ।

अधिवक्ताले अर्यालले आरोप सार्वजनिक गरेकै दिन चार जना वरिष्ठ अधिवक्ताहरुले उक्त मुद्दामाथिको जवाफी बहस गर्ने भएका छन्।

अर्यालले ‘केही कानूनकर्मी’ भन्दै आरोप लगाएको ‘मिचाहा वर्ग’ को प्रतिनिधित्व गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चार जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्न लागेका हुन्। निवेदक शेरबहादुर देउवाको तर्फबाट जवाफी बहस गर्न इजलाशले तीन घण्टा समय तोकेको छ, जसमा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले बहस गर्ने छन्।

सर्वोच्च अदालत स्रोतका अनुसार, श्रेष्ठ, कार्की र दाहालका लागि त्यसमध्ये आधा समय अर्थात डेढ घण्टा छुट्ट्याइएको छ भने आधा समय वरिष्ठ अधिवक्ता शम्भु थापा एक्लैका लागि छुट्याइएको छ।

गजबको संयोग त के भने ओमप्रकाश अर्यालले ‘न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन समितिको प्रतिवेदन, २०६४’ लाई उधृत् गरेर जुन ‘मिचाहा वर्ग’ भनेका थिए, सर्वोच्च अदालत बार एसोसिएसनद्वारा गठित समितिको संयोजक स्वयम् वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल थिए। वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल देउवाका पक्षबाट बहस गरेका थिए ।

एक अनलाइनमा लेख लेख्दै ओमप्रकाश अर्यालले आरोप लगाएका छन्, ‘कानुन क्षेत्रमा ‘मिचाहा वर्ग’ मूलतः राजनीतिक संरक्षणवादमा मौलाएको हो। त्यसैले मिचाहा वर्गको अर्थराजनीतिक आधार सशक्त छ। ‘मिचाहा वर्ग’को सिन्डिकेटले कानुनी क्षेत्र कब्जा गर्न खोजिरहेको छ।’

सभामुखका कानून व्यवसायीले बहस सकेपछि आइतबारै उनीहरुले बहस  सुरु गर्ने छन् । सुरुमा रमन श्रेष्ठले बहस गर्ने बताइएको छ ।

प्रकाशित मिति: : 2021-07-04 15:31:00

प्रतिकृया दिनुहोस्