सङ्क्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितरण

Symbolic photo
Symbolic photo

कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ। 

सप्तरीको विभिन्न प्रहरी कार्यालय र आइसोलेशन केन्द्रमा एकै दिन स्वास्थ्य तथा सरसफाइ एवं मर्यादित कीट वितरण गरेको समग्र जनउत्थान केन्द्रले जानकारी दिएको छ।

आइसोलेशन केन्द्रमा कोभिड सङ्क्रमित र कुरुवालाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले बताए। रासस     

प्रकाशित मिति: : 2021-06-29 18:30:00

प्रतिकृया दिनुहोस्