प्रचण्डको प्रतिक्रिया: ओली विचित्रका मान्छे हुन्, स्वार्थका लागि माधवजीको खुट्टा ढोग्न पनि सक्छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि जे पनि गर्ने तयार हुने बताएका छन्।

साेमबार संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओली विचित्रको मानिस भएको भन्दै प्रचण्डले भने,‘ओली बडो विचित्रको मान्छे हो। व्यक्तिगत स्वार्थका लागि जे सुकै पनि गर्न तयार हुन्छन्, जरूरी परेमा माधवजीको खुट्टा ढोग्न पनि सक्छन्। सबै भयो जेपनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ।’

प्रधानमन्त्री ओली गणतन्त्रप्रति इमान्दार नभएको उनको आरोप छ। ओलीसँग ३ वर्ष संगत गरेर दु:ख पाएको प्रचण्डले बताए। 

प्रकाशित मिति: : 2021-06-28 19:04:00

प्रतिकृया दिनुहोस्