विपन्न किसानलाई कृषि सामग्री वितरण

Sancharkarmi
Sancharkarmi

बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न किसानलाई रु तीन  हजार बराबरको कृषि सामग्री वितरण गरेको छ। 

गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नं ८, ९ र १० का बिभिन्न समूहमा आबद्ध किसानलाई पम्पसेट, स्प्रे ट्याङ्की तथा पानी झार्ने झारीलगायत सामग्री वितरण गरिएको थियो।   

लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्मा र बारबर्दिया नगरप्रमुख दुर्गाबहादुर थारुले हालै ती औजार  वितरण गर्दै कृषकको जीवनस्तर माथि उठाउन नगरपालिका प्रतिबद्ध रहेको बताए। रासस 

प्रकाशित मिति: : 2021-06-26 19:02:00

प्रतिकृया दिनुहोस्