प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाकाे बैठक अवरुद्ध गरेको छ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेकाे हाे।
सांसदहरूले गृहमन्त्री लामिछानेकाे राजीनामा र सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्।
सङ्घीय संसद्को संयुक्त बैठकपछि बसेकाे प्रतिनिधिसभाकाे बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका छन्।
विपक्षी सांसदको अवरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन्।