आइजीपी थापाको ब्रिफिङ : आर्थिक अनियमिततामा खरो हुनु

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत हुन जिल्ला जाने एसपीहरुलाई निर्देशन दिएका छन्।

गत साता सरुवा भएका एसपीलाई निर्देशन दिँदै महानरिक्षक थापा क्षेत्रीले जिल्लामा हुने अनियमितताको अन्त्य गर्दै सुशासन कायममा ध्यान दिन निर्देशन दिए।

आफू मातहतका कर्मचारीको मनोबल उच्च राख्दै काम गर्ने समेत आइजीपी थापाले निर्देशन दिएका छन्। उनले  शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन सुझाएका छन्।

मनसुनजन्य विपद्, कोभिड–१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आआफ्ना तर्फबाट सक्रियतापूर्वक योगदान पु-याउनका लागि आवश्यक सुरक्षा योजनाका बनाउन लाग्न समेत आईजीपीको निर्देशन छ।

प्रहरी प्रधान कार्यालयले असार ८ गते ५२ प्रहरी उपरीक्षक (एसपी) र र ५७ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको थियो।

प्रकाशित मिति: : 2021-06-25 11:45:00

प्रतिकृया दिनुहोस्