जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

Ashis Nepali
Ashis Nepali

सञ्चारकर्मी रूपा सुनारलाई दलित भएका कारण आफ्नो घरमा कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई बुधबार रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलगेर रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। 

प्रहरीले अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटी विरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो। 

सरस्वती प्रधान छुटाउनका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।

जातीय विभेद गरेको मुद्दाका आधारमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2021-06-23 14:28:00

प्रतिकृया दिनुहोस्