अब कालिदासले पनि छाड्ने छन् चनौटे (भिडिओ)

नेपाल खबर

उजिर कार्की

चरम दुःख भोगिरहेका चनौटेबासीलाई ‘परम सुख’ लेखिएको चामलका बोरा बाँडिदै थियो। बोरामाथि रारा तयारी चाउचाउका काटन थाप्लोमा हालेर उनीहरु बजारतिरै फर्किंदै थिए।

ती बोरा बोक्नेका अनुहारमा प्रष्ट देखिन्थ्यो– राहत लिन लाइन लाग्नुपर्दाको पछुतो। यही बजारका कालिदास श्रेष्ठ भने राहतको लाइनमा भेटिएनन्।

हेलम्बु गाउँपालिकाको चनौटे बजार यो क्षेत्रको पुरानो व्यापारिक केन्द्र हो। मेलम्ची बजारबाट उत्तरतर्फ मेलम्ची खोलाको किनारै किनार ८ किलोमिटर पार गरेपछि पुगिन्छ चनौटे। यही बजारको सिरानमा छ कालिदासको घर।

शनिबार अपरान्ह साढे तीन बजिसकेको थियो। चनौटे बजारको पुच्छारमा रातो पुलनजिकै राहत वितरण चलिरहेको थियो। बजारका ५१ परिवार राहत लिनेको सूचीमा थिए।

असार लाग्नु अघिसम्म उनीहरुमध्ये केहीका घरमा चामलको गोदाम नै थियो। कसैलाई पनि खान खाँचो थिएन। हरेक घरमा पसल थिए।

यो बजारमा सुनदेखि नुनसम्मका पसल थिए। चामलका बोरा बोकेर बजारको बीच सडकमा घुँडासम्म आउने हिलोमा खाली खुट्टै हेलिनु पर्ने उनीहरुको अवस्था हुँदै होइन।

प्रकाशित मिति: : 2021-06-21 20:29:00

प्रतिकृया दिनुहोस्