सोमबार, १५ डिसेम्बर २०२५

सुरुवाती मनसुनको बाढीले ७ को मृत्यु, २७ बेपत्ता

News Image
• • •

मनसुन सुरु हुनासाथ आएको बाढीपहिरोमा परी देशभर सातजनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन्। दर्जनौँ घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन्।

बाढीले सिन्धुपाल्चोकमा दुई र बाजुरा, पाल्पा, सप्तरी, कास्की, डोटीमा एक–एकजनाको मृत्यु भएको छ। मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन्। मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन्।

यता उद्धारको तयारी पनि सँगसँगै अघि बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी एवं सुरक्षाकर्मी विपत्को जोखिमबाट जनतालाई बचाउने ‘देवदूत’ बनेका छन्।

विपत् क्षेत्रमा पठाउन नेपाल प्रहरीसँग करिब आठ हजार, सशस्त्र प्रहरीसँग एक हजार पाँच सय र नेपाली सेनासँग एक हजार दुई सयजना विशेषज्ञ छन्। आफ्नो ज्यानको बाजी थापेर उनीहरू उद्धारमा खटेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!