धर्मराएको एमाले सत्ता : गण्डकीमा गुम्यो, बाँकी तीन प्रदेशमा के हुँदैछ ?

रातोपाटी

काठमाडाैं

काठमाडौं। नेकपा एमालेको नेतृत्वमा रहेका चारवटा प्रदेश सरकारमध्ये गण्डकी प्रदेशको नेतृत्व उसले गुमाइसकेको छ। अब बाँकी तीनवटा प्रदेशमा आफ्नो नेतृत्वको सरकार कसरी जोगाउने भन्नेमा सत्तारुढ एमाले चिन्तित बनेको छ।

तत्कालीन वाम गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेशमध्ये चारवटामा एमाले र दुईवटामा माओवादीले प्रदेश सरकारको नेतृत्व गर्दै आएका थिए। सर्वोच्च अदालतले ०७७ फागुन २३ गते नेकपाको पार्टी एकता भङ्ग गरिदिएपछि ६ वटै प्रदेश सरकारको समीकरणमा प्रभाव परेको छ। खासगरी एमालेको नेतृत्वमा रहेका प्रदेश सरकारहरु पछिल्लो समय संकटमा देखिएका छन्।

एमालेले नेतृत्व गर्दै आएका प्रदेश सरकारहरुमा गण्डकी, लुम्बिनी, बागमती र प्रदेश एक हुन्। यीमध्ये शनिबारदेखि गण्डकी प्रदेश सरकारको नेतृत्व एमालेले गुमाएको छ।

गण्डकी प्रदेशमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा नेपाल र स्वतन्त्र सांसद दीपक मनाङ्गेको समर्थनमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ। बाँकी तीनवटा प्रदेशमा एमालेको एकता कायम हुन नसके सरकार ढल्ने खतरा देखिएको छ।

प्रकाशित मिति: : 2021-06-13 20:45:00

प्रतिकृया दिनुहोस्