निर्वाचन आयोगको निर्णय: जसपाको कारवाही कानूनसम्मत देखिएन, पूरानै पदाधिकारी कायम

फाइल तस्वीर
फाइल तस्वीर

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षले गरेको कारबाही कानूनसम्मत नभएको ठहर गरेको छ।

आइतबार बसेको आयोगको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवले गरेको कारबाही र अध्यक्ष महन्थ ठाकुरले गरेको कारबाही कानुनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने निर्णय सुनाएको छ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन गरेको थियो।

पार्टी अध्यक्षद्वय ठाकुर र यादवले एक अर्का समूहका पदाधिकारीलार्ई पार्टीका सदस्यसमेत नरहने निष्काशन गरी सोको अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए।

आयोगको आइतबारको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दुवै समूहको मागदावीअनुसार दल अद्यावधिक गर्न नमिल्ने निर्णय सुनाएको हो।

प्रकाशित मिति: : 2021-06-13 19:10:00

प्रतिकृया दिनुहोस्