रौतहटमा घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार 

Symbolic photo
Symbolic photo

रौतहटमा एक जनाले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्।

चन्द्रपुर नगरपालिका९४ चपुर चोकका ४२ वर्षीय पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एसिट प्रहार गर्ने पुरुषलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।  घरायसी विवाद हुँदा सुन पखाल्न प्रयोग हुने एसिड श्रीमतीको अनुहारमा प्रहार गरेको प्रहरीले जनाएको छ।

श्रीमतीलाई एसिड प्रहार गरेको सुचना स्थानीयले प्रहरीलाई दिएका थिए। सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-06-13 14:38:00

प्रतिकृया दिनुहोस्