नागार्जुनबाट पनि निकाल्छौँ भन्थे, ज्ञानेन्द्रले आफैँ छाडे दोस्रो दरबार

नेपाल खबर

काठमाडौँ

सीताराम बराल

गाडी चढ्नुअघि पूर्व बडामहारानी कोमल एकाएक भावुक बनिन्। उनका आँखाबाट आँसु झरे। पति पूर्व राजा ज्ञानेन्द्र शाहले सम्झाए, मुटु बलियो पार्न भने। पति ज्ञानेन्द्रले सम्झाएपछि १३ वर्षअघि (२९ जेठ २०६५) को साँझ नारायणहिटी राजदरबारबाट बाहिर निस्कँदा पूर्व बडामहारानी कोमलको अनुहारमा सन्ताप देखिँदैनथ्यो। 

आफ्नै पालामा राजतन्त्रको अन्त्य हुँदा बेदना त कति थिए होलान् कति। तर, कोमलसँगै नारायणहिटीबाट निस्कँदा होस् वा त्यसअघि नारायणहिटी राजदरबारमा आयोजित पत्रकार सम्मेलनमा– पूर्व राजा ज्ञानेन्द्रको अनुहारमा पनि चिन्ता वा सन्तापको कुनै संकेत देखिएको थिएन।

राजतन्त्र समाप्त भएपछि ज्ञानेन्द्र के गर्लान्? जीवित छँदै गद्दी त्यागेका श्री ३ जुद्ध शमशेर वा पद्म शमशेर झैँ भारततिर वा बेलायततिर पो भासिएलान् कि? यस्तो अनुमानहरुको खण्डन उनले नारायणहिटी छाड्नुअघिको पत्रकार सम्मेलनमै गरिसकेका थिए।

‘जनताको चाहना र इच्छालाई नै सर्वाेपरि मान्ने राज परम्परा अनुसार संविधान सभाको निर्वाचन र जेठ १५ (२०६५) गते संविधान सभाको बैठकले गरेको निर्णयलाई सहज बनाउन मैले सहायोगीको भूमिका निर्वाह गरेको छु’, त्यो पत्रकार सम्मेलनमा लिखित भाषण वाचन गर्दै ज्ञानेन्द्रले भनेका थिए, ‘मैले देश छाडेर जाने सोचाई बनाएको छैन।’

प्रकाशित मिति: : 2021-06-12 15:42:00

प्रतिकृया दिनुहोस्