किन चाउरिए माधव नेपाल ? आफ्नै रागले !

बाह्रखरी

काठमाडौं

काठमाडौँ । “हाम्रो तर्फका कार्यदलका संयोजकलाई पार्टी सदस्यबाटै कथित निष्कासन गरी केपी ओलीले कार्यदलको औचित्य समेत समाप्त गरी वार्तालाई दाउपेचको रूपमा दुरुपयोग गर्ने र वार्ताको औचित्य समाप्त गर्ने काम गर्नुभएको छ ।

यस्तो स्थितिमा जबसम्म पार्टी एकताको लागि हामीले लिखितरूपमा दिएको पत्रमा उल्लिखत कुराहरू विश्वसनीयरूपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ ।

चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौँ । अतः केपी ओलीका फुटपरस्त र गलत प्रवृत्तिका विरुद्ध जुध्दै क्रान्तिकारी पार्टी पंक्तिको रक्षा र विकासका लागि केपी ओली पक्षमा रहनुभएका इमान्दार नेता र कार्यकर्ता लगायत नेकपा (एमाले) पंक्तिलाई हार्दिक आह्वान गर्छौं ।”

जेठ १९ र २० गते बसेको एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बैठकको निष्कर्ष हो यो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ७ गते र २६ गते पठाएको ६ बुँदेअनुरूप जेठ २ मा फर्कन तत्परता नदेखाएको बरु नेताहरूसँग एक्लाएक्लै भेटवार्ता गरी समूहलाई विभाजनतर्फ धकेल्न खोजेको र फाटोको सर्जक बनेको भन्दै केन्द्रीय सदस्यहरूले त्यस्ता छलफलमा सरिक नहुन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: : 2021-06-10 14:34:00

प्रतिकृया दिनुहोस्