६ बुँदे बटमलाइनपछि ओली-नेपालको गृहकार्य अलग हुनेतिर! तैपनि किन भइरहेको छ वार्ता?

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : नेकपा एमालेका दुई समूहको दुरी झनै बढेको छ। ६ बुँदेलाई 'बटमलाईन' बनाएर युद्धविरामको  प्रयास भए पनि सफल भने भएन।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल फरक पार्टीको तयारीमा जुटेपछि पुनर्मिलनको सम्भावना क्षीण बन्दै गएको हो।

एकताको लागि भन्दै संवादमा जुटेका दोस्रो तहका नेताहरुले पनि शीर्ष नेतृत्वको बेवास्ताका कारण आफूहरुको प्रयास असफल भएको आरोप लगाएका छन्। नेपाल समूहका नेता योगेश भट्टराईले बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै ओली, नेपाल र खनालका कारण एकता सम्भव नभएको आरोप लगाएका थिए।

नेपाल-खनालले एमाले एक नरहने निष्कर्ष निकालेपछि ओलीले वार्ताको 'कार्ड' खेलेका हुन्। केही नेतालाई मात्रै भए पनि आफूतिर तान्ने र नेपाल-खनाललाई कमजोर बनाउने ओलीको रणनीति छ। त्यसका लागि वार्तादेखि ६ बुँदेको प्रस्ताव सार्वजनिक गरिएको थियो। जसलाई नेपाल-खनालले जालझेलको संज्ञा दिए। केन्द्रीय कमिटीको बैठकपछि नयाँ पार्टी गठनलाई तीब्र तयारी गरिने नेपाल समूहका नेताहरुले बताएका छन्।

प्रकाशित मिति: : 2021-06-10 10:20:00

प्रतिकृया दिनुहोस्