बिएल संवाददाता
व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पाल्नु भएको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ।
दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो।
किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पाएका छन् भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस पाल्नु भएको छ।
करीव रु.चौध करोडको लगानी गरी फार्म संञ्चालनमा ल्याइएको हो। झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ।
उनले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायिक रुपमा अघि बढेका छन्। बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ।
बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताए। हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पुर्याइदिने गरिएको छ। उनले भने, 'दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो।'
'निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुदैन्थ्यो' उनले भने, 'होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो।’ चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्तसहितको सम्झौता गरी मापदण्ड अनुरुपको सबै कुरामा ठीक भई दुई टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ।
केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज हाँसको सुकुटी रु.एक हजार पाँच सयमा बिक्री गर्ने गरि प्याकेजिङ कार्य समेत थालिएको किसान पन्थले बताए। फार्ममा कार्यरत कामदार र निजकी श्रीमती अनिता ढकाल पन्थलगायतले हाँसको सुकुटी प्याकेजिङ कार्य गर्दै आएका छन्।
यसरी प्याकेज गरिएको मितिले ४५ दिनसम्म प्रयोग गर्न सकिन्छ। उनले भने, 'कोभिडको वर्तमान परिस्थितिमा प्रतिरक्षाको लागि प्रयोग गरी मजबुत बनाउन पौष्टिक आहारको परिपूर्ति गर्न सकिन्छ।’ हाँसलाई अघाउञ्जेल दाना खाना दिने हो भने एक दिनमा सवा लाख रुपैयाँको दाना खान्छन् तर अहिले जेनतेन रु. ५०/६० हजारको दानाले जीविकोपार्जन गराइएको छ। रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया