साउदी अरेबियाले पर्यटक भिसा खोल्ने भएको छ। कोरोना संक्रमणका कारण साउदीले केही समयदेखि पर्यटक भिषा बन्द गरेको थियो।
साउदीले मध्य पूर्वी र युरोपेली राष्ट्रका पर्यटकलाई प्राथमिकताका साथ पर्यटक भिषा दिने तयारी रहेको बुझिएको छ।
साउदीले विदेशी पर्यटकलाई भित्राउन विषेश योजना बनाएर लागु गर्ने तयारी रहेको सरकारी अधिकारीले बताएका छन्।
पछिल्लो वर्षहरुमा साउदीमा घुम्न जानेहरु बढेका थिए । तर कोरोना भाइरसका कारण करिब १ वर्षदेखि साउदीले पर्यटक भिषा बन्द गरेको थियो।