व्यक्तित्व नै व्यक्तित्वका नजरमा संघर्षले स्थापित व्यक्तित्व

थाहा खबर

काठमाडौँ

केदार बाँस्कोटा

राष्ट्रिय उद्यमीका रुपमा स्थापित व्यक्तित्वको पारिवारिक पृष्ठभूमि, जन्म, बालापन, शिक्षा, पिताको अल्पायुमा नै भएको देहावसानपछिको वियोग र संघर्षको कथा। आमाको ममता, धैर्य, जिम्मेवारी बोध र सार्वजनिक भूमिका।

परिवारका अग्रजहरूको मार्ग निर्देशन, उपदेश, ढाडस र प्रभाव, नाता–सम्बन्ध र कुटुम्बहरूको प्रेरणा र योगदान। साथीहरूको हार्दिकता र प्रेमपूर्ण साथ–सहयोग, उद्यमी–व्यवसायी बन्नका लागि गर्नुपरेको संघर्ष र सफलताको गाथा।

उसको सफलता प्रगति र वैभव देखेर जलन हुनेहरूलाई मूर्त र अमूर्त रूपमा व्यक्त गरिएका निजात्मक जवाफ सबैका लागि प्रेरणाको स्रोत बन्दो रहेछ। यस्तै स्रोत संग्रह रहेछ अजेयराज सुमार्गीका बारेमा अति सूक्ष्म र गहन रुपमा लेखकद्वय निर्मलकुमार थापा र अरुणराज सुमार्गीद्वारा संग्रहित पुस्तक।

आफ्नो धर्म, भाषा, संस्कृति र संस्कारमा भ्रष्ट नभई आधुनिक नहुने र चरित्रगत रूपमा पनि व्यक्तिचारी र पथभ्रष्ट नभईकन ठूलो मान्छे बन्न नसकिने भन्ने मौजुदा मान्यता र व्यवहारबाटै सावित भइसकेको यथार्थ सार्वजनिक चरित्रलाई “अजेयराज सुमार्गी” ग्रन्थले गतिलो जवाफ दिएको छ। 

प्रकाशित मिति: : 2021-05-22 16:32:00

प्रतिकृया दिनुहोस्