ट्रिपल म्युटेन्ट नयाँ भेरियन्टको प्रवेश र सुरक्षाको प्रश्‍न

थाहा खबर

काठमाडौँ

टेकराज पन्थी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रिपल म्युटेन्टको कोरोना नेपालमा प्रवेश गरेको प्रमाणित गरेको छ। हरेक पटक रूप परिवर्तन गरी भाइरस फैलिरहेको छ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को नयाँ स्वरूपका कारण विश्व नैं अहिले जटिल मोडमा पुगेको छ। कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौती दिइरहेको छ। दिन प्रतिदिन लाखौँ मानिसहरूले ज्यान गुमाइरहेका छन्।

कोरोना सकियो,  नेपालीको एम्युनिटी पावर अर्थात् प्रतिरोधी शक्ति बढी छ केही  हुँदैन भन्ने सोच अत्यन्त गलत प्रमाणित भइसकेको छ। जुन मात्रामा कोरोना बढेको छ त्यसलार्इ हामीले चेनब्रेक गरेर रोक्न सकेनौं भने अस्पतालहरूमा लगभग बेड भरिइसकेका छन्।

 सरकारले पनि थाम्न नसक्ने स्थिति देखिदै छ। त्यसैले अब हामी आफैँ सतर्क हुनु जरुरी छ। हेलचेक्रयाइँ नगरौँ । यस्तै, हामी सतर्क रहन अलिकति पनि भुल्यो भने सरकारले लकडाउनबाहेक अरू केही गर्न नसक्ने स्थिति आउन सक्छ। 

प्रकाशित मिति: : 2021-05-21 13:02:00

प्रतिकृया दिनुहोस्